Connect with us
Kapilvast Forest

एकता छलफलको नाममा पार्टीका काम रोकिँदैन :प्रदीपकुमार ज्ञवाली

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौँ — नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकताका नाममा पार्टीका काम रोक्न नसकिने बताउनु भएको छ । माधवकुमार नेपाल पक्षले पार्टीका सबै काम रोकेर एकताको वातावरण बनाउन भनिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टी गतिविधि रोक्न नसकिने जवाफ दिएको हो ।

विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि ज्ञवालीले उक्त कुरा बताउनु भएको हो ।

 

नेता नेपाल पक्षले एकताका लागि पार्टी गतिविधि रोक्न माग गरेको छ तपाईंहरू के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भन्नु भयो पार्टीका नियमित काम अघि बढ्छन् । छलफलको नाममा पार्टी कामलाई रोक्ने, गतिरोधमा जाने भन्ने हुन्न ।

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने ज्ञवालीले बताउनु भयो । पार्टी गतिविधि रोक्नुपर्ने माग एमालेको हितमा नभएको पनि उहाँको भनाइ थियो ।सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने पनि ज्ञवालीको भनाइ थियो ।

 

पार्टीको विधानलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे नेताहरूले सुझाव दिएको र सोहीअनुसार आगामी केन्द्रीय कमिटीको बैठकले प्रस्ताव तयार पारेर तल्लो तहका कमिटीसम्म छलफलका लागि लैजाने पनि ज्ञवालीले जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu