जसपाका महन्थ पक्षको चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला हुदै
काठमाडौं – जनता समाजवादी पार्टी ,नेपाल ( महन्थ ठाकुर (अध्यक्ष) पक्षको आज चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ ।
जसमध्ये झापामा केशव झा, सन्तोष मेहता, धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृषेश चन्द्र लालले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । त्यसैगरि, पर्सामा शरतसिंह भण्डारी , लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बिमल श्रीवास्तव, कैलालीमा चन्द्रकान्त चौधरी , राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।