दार्चुला घटनामा सरकारलाई सभामुखको ध्यानाकर्षण
काठमाडौं-दार्चुला जिल्लामा तुइन काटिएको घटनामा सभामुख अग्नि सापकोटाले सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सापकोटाले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेको र जयसिंह धामी बेपत्ता रहेको विषयमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो ।
घटनाको सत्यतथ्य छानविन गरेर प्रतिनिधि सभामा पेस गर्नसमेत सभामुख सापकोटाले ध्यानाकर्षण गराउनुभयो ।