Connect with us
Kapilvast Forest

युवा दिवसको अवसरमा कपिलवस्तुकोमा मास्क वितरण

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

अन्शु ढकाल,तौलिहवा- अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा कपिलवस्तुको तौलिहवामा मास्क वितरण कार्यक्रम सम्पन्न गरिएको छ। योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाको आयोजना, कपिलवस्तु नगरपालिका, डायनामिक समाजिक विकास संस्था र लुम्बिनी अपाङ्गता विकास केन्द्रको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै कपिलवस्तु नगरपालिकाको उपप्रमुख लक्ष्मि गुप्ताले कोरोना महामारीको जटिल अवस्थामा बच्नको लागि पहिलो विकल्प मास्क भएकोले सबैले प्रयोग गर्नु पर्नमा जोड दिनु भएको थियो।

युवाहरु राजनितिक क्षेत्रमा पनि सक्रिय हुनु हुन्छ, युवाले राष्ट्रको विकासको काम, सामाजिक काम गर्नु धेरै राम्रो छ, मास्क वितरण गर्दा कोरोना महामारीमा नियन्त्रणमा केही भए पनि सहयोग हुन्छ, उपप्रमुख गुप्ताले भन्नु भयो।

कार्यक्रममा कोभिड १९ अर्थात कोरोना भाईरसको महामारीबाट बच्नको लागि यो दिवसमा मास्क वितरण गरिएको योगदान राष्ट्रको लागि कपिलवस्तुका अध्यक्ष मोहम्मद ईरफान मन्सुरीले बताउनु भएको छ।

आउदै गरेको तेस्रो लहरबाट बच्न मास्क अभियानले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो। २ हजार ५ सय मास्क वितरण गरिएको थियो। कार्यक्रम योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा अध्यक्ष मोहम्मद ईरफान मन्सुरी, कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मि गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो।

कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी, लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियालगायतको सहभागिता रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu