Connect with us
Kapilvast Forest

वाणगंगाको कजवेमा आएको बाढीले बगाउँदा अर्घाखाँचीका पुरुष बेपत्ता

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कपिलधाम र चौवा जोड्ने पहिलो कजवेले एक जनालाई बगाएको छ । बिहिबार दिउसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले अर्घाखाँची धारापानीका अन्दाजी ४५ वर्षिय पुरुष बेपत्ता हुनु भएको छ । अहिले इलाका प्रहरी कार्यालय पिपराको टोली उद्धारका लागि घटना स्थलतर्फ गएको छ भने । बाढी आएका कारण केहि समस्या भएको छ ।

बेपत्ता पुरुषको खोजीकार्यभैरहेको छ । भलवाडजोड्ने सडकमा रहेका २ वटा कज्वेका कारण पानी पर्दा स्थानीयलाई समस्या परेको छ । यस अघिपनि उक्त कजवेमा आएको बाढीले मोटरसाइकल बगाएको थियो ।

भने गतवर्षपनि कजवेमा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको थियो । भलवाड जोड्ने उक्त सडकमा पुल बन्न नसक्दा हरेकवर्ष स्थानीयले सास्ती खेप्नुपरेको छ भने । स्थानीय जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu