विजयनगरमा एक सय युनिट रगत संकलन
कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिकमा एक सय युनिट रगत संकलन भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विहिबार रक्तदान, जीवन दान’ भन्ने मूल नाराको साथ विजयनगर गाउँपालिकाको आयोजनामा र नेपाल रेडक्रस शोसाइटी बुटवलको प्रबिधिक सहयोगमा गाउँपालिकाको वडा न।६ मा रहेको सभाहलमा विहिबार भएको रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन ।
विजयनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।निषेधाज्ञा र यो कोभिडको समयमा रगत अभावमा कोहि सकैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक तथा शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे जानकारी दिनुभएको छ ।
‘कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँ घरका गरीब परिवार अस्वस्थ्य भएको बेला रगतको अभावको कारण ज्यान समेत गुमाउनुपर्ने अवस्थालाई मध्यनजर कार्यक्रमको आयोजना गरेको र उक्त कार्यमा सकृय रुपले रक्तदान कार्यमा लाग्ने सबैमा धन्यवाद दिनु भएको छ
रक्तदान कार्यक्रममा युवाहरुले हर्षोल्लासपूर्ण सहभागीता जनाएका थिए । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेको स्वागत मन्तव्य र सुश्मा पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।