Connect with us
Kapilvast Forest

विजयनगरमा ६० जना एमाले पार्टीमा प्रवेश

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

कपिलवस्तु- विजयनगर गाउँपालिकामा ६० जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । आइतवार गाउँपालिको वडा नं. २ मा आयोजित वडा भेलामा नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले टीका लगाई सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ ।

नेपाली काँगे्रस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी कार्यकर्ता, समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद भण्डारीले समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्नुभएको थियो ।

उहाँले नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमाले लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संगठन बिना हरेक क्षेत्रको विकास असम्भव रहेकोले रहेक तह तप्काबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो ।

यस्तै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबूत बनाउन हातेमालो गर्दै अगाडी बढ्न अनुरोध गर्नुभयो । विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई हरेक बखत साथ र सहयोगका लागि अहम भूमिका रहने बताउनुभयो ।

आजको भेलाले पार्टी प्रवेश तथा टोल कमिटी गठनलाई निरन्तरता दिने निर्णय गरेको वडा कमिटी अध्यक्ष भुलन शाहले जानकारी दिनुभएको छ । कार्यक्रम वडा कमिटी अध्यक्ष भुलन शाहको अध्यक्षता, गाउँ कमिटी सचिव गोकर्ण प्रसाद सापकोटाको आतिथ्यता, सहरु भर, मन बहाल भाँट लगायत नेता, कार्यकर्ताको उपस्थितिमा प्रमिला पौडेलको स्वागत मन्तव्य र वडा कमिटी सचिव दिपेन्द्र मोहराको सञ्चालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu