कर्णाली नदीमा दाेहन शुरू, सम्बन्धित निकाय माैन
कैलाली । कर्णाली नदीमा अहिले देखिनै दोहन शुरु हुदाँ पनि सम्बन्धित निकाय भने मौन छ ।
कर्णाली नदीमा सानासाना खोलाहरू भाग लगायरै ढुङ्गा गिट्टी संकलन गरिरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सम्बन्धित पालिकाले नदीजन्य पदार्थका लागि ठेक्का लगाएपछि मात्र नदीमा नदीजन्य पदार्थको संकलन गर्न पान्छ । ऐनकाे प्रक्रिया र नियम मिचेर लम्कीचुहा नगरपालिका–३ का विभिन्न खोलामा ढुङ्गा तस्करले स्थानीय सरकारकाे ठेक्का पूर्वनै खोला आपसी सहमतिमा बाडफाँड गरी ढुङ्गा संकलन गर्न शुरु गरेका छन् ।
वडा नम्बर ३ का विभिन्न खोलामा दैनिक ५ सय रुपैयाँमा कामदार लगाएर स्थानीय कन्सट्रक्सनले ढुङ्गा संकलन गर्न लगाएको स्थानीयले बताएका छन् ।