Connect with us
Kapilvast Forest

आयात स्वीकृत नपाउँदा दसैंंमा चिनी महँगिने

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पोरेसनमार्फत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि गत ९ बैशाखमा प्रस्ताव पेस गरेको थियो ।

वाणिज्य मन्त्रालयले पटक पटक पत्राचार गरे पनि अर्थ मन्त्रालयले स्वीकृत नदिँदा चिनी आयात गर्न ढिलाइ भएको हो । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी दिनु भयो ।

‘५० प्रतिशत भन्सार छुट्मा चिनी आायात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा चार महिनाअघि प्रस्ताव पेस गरेका थियौं,’ उहाँले भन्नु भयो ‘यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव हुन सक्छ ।’

कारोबार

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu