मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा
एजेन्सी -मलेसियाका प्रधानमन्त्री युहयिद्दिन यासिनले पदबाट राजीनामा दिनुभएको छ । मलेसियाका राजासमक्ष उहाँले आफ्नो राजीनामा बुझाउनुभएको हो ।राजीनामापछि राजाले उहाँलाई नै मुलुकको अन्तरिम प्रधानमन्त्री बनाउनुभएको छ । पछिल्लो केही महिनादेखि चलिरहेको राजनीतिक खिचातानीको कारण यासिनले आफ्नो बहुमत गुमाउनुभएको हो ।
मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले निर्वाचनमा जानु राम्रो विकल्प नभएको भन्दै यासिनलाई नै कायममुकायम प्रधानमन्त्री बनाउने निर्णय गर्नु भएको हो ।
राजीनामापछि प्रधानमन्त्री यासिनले आफूले विश्वासको मत गुमाएको कारण पदबाट राजीनामा दिएको बताउनुभएको छ । उहाँको गठबन्धनको प्रमुख पार्टी युनाइटेड मलायाज नेशनल अर्गनाइजेसन (यूएमएनओ)ले समर्थन फिर्ता लिएसँगै उहाँको सरकार ढलेको हो । उहाँले अब नयाँ सरकार सकेसम्म छिटै बन्ने विश्वास पनि व्यक्त गर्नु हुने छ ।
अहिले यासिनलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिइए पनि अर्को सरकारको लागि बहुमत पुर्याउन सक्ने व्यक्त भने देखिएको छैन । राजाले कोरोना महामारीको कारण निर्वाचन गराउन यो समय उचित नहुने बताउनुभएको छ । मलेसियामा कोरोना संक्रमण र मृत्यु हुनेको संख्या प्रति १० लाख जनसंख्याको आधारमा दक्षिण पूर्वी एसियाकै सबैभन्दा उच्च छ ।