माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु
काठमाडौं-सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।मंगलबार बिहान नौ बजे सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
उहाँ घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न जानुभएको । त्यसैक्रममा उहाँ अचानक पानीमा लडेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।
स्थानीयहरूले अचेत अवस्थामा देखेपछि उपचारको लागि उहाँलाई युनिक अस्पताल रुपनी लगिएको थियो। त्यहाँ पुग्दा चिकित्सकले मृत घोषण गर्नु भएको छपोष्टमार्टमको लागि शव गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।