Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक शुरु

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरु भएको हो । एमाले अध्यक्ष ओलीले सोमबार राति अपिल जारी गर्दै सरकारले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गर्नु भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबारमात्रै संसद् अधिवेशन अन्त्य गरेको थियो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमाले अध्यक्ष ओलीको सक्रियता एकाएक बढेको छ । अध्यक्ष ओलीले स्थायी समिति लगतै आजै ३ बजे संसदीय दलको बैठक पनि बोलाउनुभएको छ ।

अध्यादेशबारे चर्चा चलिरहेका बेला ओलीले लगातार बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले नेताहरूका अनुसार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकाले त्यसअघि नै माधव समूहका केही नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीले लगातार बैठक बोलाउनुभएको छ ।। ‘पार्टी अनुशासन उल्लङ्घन गर्ने केही नेतालाई स्थायी समितिबाट निर्णय गरेर दलको बैठकमार्फत कारबाही गर्ने सम्भावना छ’, ओली निकट एक स्थायी समिति सदस्यको भनाई छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu