Connect with us
Kapilvast Forest

कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक सम्पन्न

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक सम्पन्न भएको छ । मंगलबार सघंको सभाहल चार न. जितपुरमा पाचौँ नियमित बैठक सम्पन्न भएको हो । बैठकले भोलि बुधबारबाट माक्स बैंक स्थापना गर्ने निर्णय गरेको छ । कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी आईरहेका बेला
सघंद्वारा कोरोनाको संक्रमण दर नघटेको भन्दै अनिर्वाय माक्स लगाउन र भौतिक दुरी कायम राख्न आवश्यक देखिएकाले माक्स बैँक स्थापना गरिएको छ ।

माक्स बैंक स्थापना गर्न बाणिज्य उपाध्यक्ष खुमानन्द घिमिरे संयोजक रहने गरि काम गर्ने निर्णय भएको सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो ।साथै बैठकले भदौ ७ गतेबाट सुरु गरी भदौ १५ गतेभित्र सघंको कार्य क्षेत्रमा क्षेत्रगत समिति गठन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत तोकेको छ । त्यस्तै ब्यवसायीहरुलाई कारोबारमा सहज होस भन्नका लागि आइपिएस तालिम सञ्चालन गर्ने निर्णय भएको सघंका महासचिव मनोज पौडेलले जानकारी दिनु भयो ।

बैठकले १२ औ कपिलवस्तु महोत्सवको पुर्व तयारीका लागी छवि रेश्मी मगर संयोजक, बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) र मिना पौडेल सदस्य रहने गरि पुर्व तयारी समिति समेत गठन गरेको छ ।

बैठकले वस्तुगत उपाध्यक्ष शालिकराम भुसाल र एसोसियट उपाध्यक्ष बिरेन्द्र खाण संयोजक रहने गरि बस्तुगत र एसोसियट तर्फका ब्यवसायीहरुको भेला गर्ने समेत निर्णय गरेको छ । सो अवसरमा सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर लगायतले आआफनो धारणा राख्नु भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu