Connect with us
Kapilvast Forest

बिल बिनाका सुनका गहनासहित २ जना नियन्त्रणमा

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

 

बर्दिया- बिल भरपाई नभएका सुनका गहनासहित बर्दिया प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका – ७ का २४ वर्षीय दिपेन्द्र सिंह र ३ का २३ वर्षीय अशोक लोधलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहिले जानकारी दिनु भएकाे छ ।

गुलरिया नगरपालिका ‍-८ स्थित भादापुलमा चेकजाँचका क्रममा पूर्वतर्फबाट पश्चिम गैरहेको अवस्थामा स्कुटरमा सवार उनीहरुलाई बिल भरपाई नभएका सुनका गहना बोकेको आरोपमा पक्राउ गरिएको हो। अगाडितर्फ लु ६२ प ६२२६ र पछाडि लु ६२ प ६८२६ लेखिएको नम्बर प्लेटको स्कुटी खानतलासीका क्रममा स्कुटीको डिक्की भित्र राखेको करिब ६ लाख ४८ हजार ५सय ५ रुपैयाँ मुल्य बराबरको ८६ दशमलव ६४ ग्राम सुनका गरगहना फेला परेको शाहिले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा एउटै स्कूटरमा शंकास्पद रुपमा दुईवटा नम्बर प्लेट राखेको पाइएपछि खोजतलास गर्दै जाँदा सुनका गरगहना फेला पारिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । ‘सबै प्रहरी युनिटलाई चनाखो पार्दै चेकजाँचलाई कडाई गर्यौ। बर्दिया भित्रिने सबै नाकामा हाई अलर्ट गर्दै प्रहरी परिचालन गर्यौ। फल स्वरुप उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं।’

उपरीक्षक कार्कीकाअनुसार टिपाएको स्कुटरको पछाडिको नम्बर र स्कुटरको अगाडि फरक नम्बर देखेपछि थप शंका लागरेर छानविनका क्रममा स्कूटी भित्रको डिक्कीमा मिठाईको डब्बा भित्र प्याकिङ गरी राखिएको बिना बिल भरपाईको सुनका गहना फेला परेकाे हाे । दुवै जनासँग अनुसन्धान भैरहेको छ।

शंकास्पद स्कुटरसहित उनीहरु दुवैजना, सुनका तिलहरी, सिक्री, कानवाली लगायतका गरगहना नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu