कृष्णनगर वितरण केन्द्रले मनायो ३६औं वार्षिकोत्सव
कपिलवस्तु-नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले ३६औं वार्षिकोत्सव मनाएको छ।३६औं वार्षिकोत्सव अवसरमा सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुको मनोबल बढाउनको लागि राष्ट्रीय मदरसा संघ नेपालका टोलीले ३६औं वार्षिकोत्सवक कार्यक्रममा सहभागी भइ उक्त वितरण केन्द्रका प्रमुख, इन्जिनीयर, सहायक लेखा अधिकृत लाई दोसल्ला ओढ़ाई सम्मानित समेत गरी संघका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफीले कृष्णनगर वितरण केन्द्रका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरुको कार्यको प्रसंसा गर्दै ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
३६औं वार्षिकोत्सव मनाउने क्रममा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी,समीम अख्तर,मोहम्मद मुस्लिम, नियाज़ अहमद,असरफ खान,सैफ खान, कृष्णानगर वितरण केन्द्रका प्रशासन प्रमुख विष्णु प्रसाद पाण्डेय,आयप्रमुख लालिराम चौधरी,मन्जु सोनार,मन्जु घिमिरे,कमला बेल्बासे,अनिता खनाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।