Connect with us
Kapilvast Forest

बामदेव गौतमको साथ माधव नेपाललाई

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

 

काठमान्डौं -र नेपाल कम्युनिस्ट पार्टी (एमाले)उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले ९समाजवादी० पार्टीमा सहभागी हुने बताउनु भएको छ ।गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उहाँको सचिवालय सदस्य शैलेन्द्र राउतले बताउनु भयो ।

नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लगेर वामपन्थीबीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताउनु भएको छ । अबको डेढ वर्षमा एमालेबाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दाबी गौतमले गर्नु भएको छ ।

आफू केपी ओलीतर्फ गएको तर उहाँले कुनै जिम्मेवारी नै नदिएको आरोप उहाँले लगाउनु भयो । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’ गौतमले भन्नु हुन्छ , ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिनु भएन । मैले जिम्मेवारी मागेका थिएँ । तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu