ब्राउन सुगरसहित तीनजना पक्राउ
सिरहा – लहान नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेको छ । पक्राउ पर्नेमा लहान–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, लहान–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादवलाइै पक्राउ गरेको हो । ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिनु भयो ।