Connect with us
Kapilvast Forest

फ्लो अप : सडक पुन निर्माणमा आश्वाशन मात्रै सडक झनझन जिर्ण बन्दै

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा जीण बनेको सडक पुन निर्माणमा आश्वाशन दिए पनि हाल सम्म बन्न सकेको छैन । शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्कियो भन्ने गुनासो बढे पछि समाचार प्रकासित भयो उक्त समाचारको खण्डन गर्दै नगपालिकाका प्राविधिक र निर्माण कम्पनीले गल्ति स्किार्दै सडक त्यो सडक निर्माण कम्पनिले पुन सडक बनाउने भनिए पनि समबन्धित निकायले उक्त सडक निर्माणमा बेवास्ता गरेको छ ।

जीर्ण सडक लामो समयसम्म नबनेपछि त्यस क्षेत्रका बासिन्दाले सडक स्तरोन्नति नहुँदा स्थानिय नागरीकहरुले सास्ति खेप्न बाध्य भएकाछन ।
कालोपत्रे भएको छोटों समयमै ठाउँठाउँमा कालोपत्रे उप्किएपछि सडकमा खाल्डा पर्न थाले। अहिले सडकमा खाल्डा देखिन थालेका छन्। बीचको भाग समेत भत्किएको छ । सडक भत्किएर पहिलाको जस्तै हिलो र धुलो हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा चिन्तित छन्।

सोहि विषयमा नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले चन्द्रौटा कृष्णनगर सडक खण्ड जीर्ण बनैको कारण सडक अबरोध भएकै कारण ओभर लोड भएका सभारी सोहि बाटो भएर हिडैको हुँदा बाटो भासिने समस्या आएको वताउनुभयो ।सम्बन्धित समाचार-

शिवराजमा गुणस्तरहिन सडक,पाँच महिनामै १७ लाखको सडक भासियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj