अदालतले व्यक्ति नै तोकेर प्रधानमन्त्री बनाउनु जायज हैन:पूर्व मन्त्री त्रिपाठी
कपिलवस्तु-कपिलबस्तु महाराजगंजमा नगरपालिका ७ समयमातापुरममा स्वतन्त्र राजनितिक समुहको भेटघाट कार्यक्रममा प्रमुखअतिथिको रूपमा बोल्दै स्वतंन्त्र राजनितिक समूहका संयोजक एवम पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेका बताउनुभयो ।
त्यस क्रममा उहाँले –संसद पुनर्स्थापना गर्ने कुरा अदालतको आधिकार कार्य क्षेत्रमा छ तर अदालतले व्यक्तिलाई नै तोकेर प्रधानमन्त्री बनाउनु भन्ने कुरा अदालतको कार्यक्षेत्र भित्र पर्दैन। संसदको अधिकार माथि अतिक्रमण भएको छ संसदले मात्र प्रधानमन्त्री बनाउन सक्छ उहाँले भन्नुभयो ।
उहाँले मधेशी जनताको हक अधिकारका कुरा नबिर्सेको दर्ता हुने नया पार्टीले मधेश तथा किसानहरुको हक अधिकारको लागि प्रमुख उद्देश्य राखि काम गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पुर्व मंत्री इश्वर दयाल मिश्राले जनतालाई सम्बोधन गर्दै भन्नुभयो आफु मंत्री हुदा आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण गाउँँको सड़क निर्माण स्तरोन्नती र बाटो पिचको काम गरको बताउँदै । आफु यो क्षेत्रका जनताको सेवकको विकाशमा खटेको बताउनुभयो ।गोबर्धन मौर्याको अध्यक्षताकार्यत्रमा सम्पन्न कार्यक्रममा स्वतंन्त्र राजनितिक समुहका युवाहरुको सहभागिता रहेको थियो