Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु

२०७६, १० भाद्र मंगलवारमा प्रकाशित

अर्घाखाँची, १० भदौ । जिल्लाको सन्धिखर्क नगरपालिकामा अरिंगालको टोकाइबाट एक बालकको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का १५ वर्षीय नन्दबहादुर मुखियाको सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगइ नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो । उनले स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्दै आएका थिए ।

गम्भीर घाइते भएका बालकको अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने बताएको थियो । आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको बताईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu