शिवराजमा १५ शैयाको अस्पताल :नगरपालिकाको निर्णयमा वडाको असहमति
कपिलवस्तु-शिवराज नगरपालिका कार्यपालिकाको निर्णयलाई वडा नं ६ ले असमति जनाएको छ । २०७८ साउन ३२ गते कार्यापालिकाले १५ शैयाको आधारभुत अस्पताल वडा नं ६ को कुदरवेटवामा बनाउने निर्णय गरेको थियो । आज बसेको वडा नं ६ वडा समितीको बैठकले विरपुर स्वास्थ्य चौकीलाई स्तर उन्नति गरि १५ शैयाको अस्पताल बनाउन अनुरोध गरेको छ ।
नगरपालिकाले गरेको निर्णयलाई वडाले असहमति दिने भएपछि अस्पताल निर्माणको विषय फेरी पनि विवादमा परेको छ । वडा न ६ को कुदरवेटवामा अस्पताल निर्माण हुदाँ विरपुर स्वास्थ्य चौकी पनि त्यहि अस्पतालमा गाभिने भएकोले उक्त स्थान नागरिकहरुलाई पाएक नपर्ने जनाइएको छ । पछिल्लो समय शिवराज नगरपालिकामा अस्पताल निर्माणको बाहानामा जग्गा व्यापारीहरुकै कारण विवाद हुदै आइरहेको छ ।
जुन वडामा अस्पताल निर्माणको लागि उपयुक्त छ त्यस वडामा रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि १५ शैयाको बनाउनुपर्ने प्रवधान छ तर शिवराज नगर कार्यपालिकाले भने विरपुर स्वास्थ्य चौकीलाइ यथास्थानमा राखि १५ शैयाको अस्पताल कुदरवेटवा बनाउने तयारी गरेको बताइएको छ ।