Connect with us
Kapilvast Forest

अफगानिस्तानबाट उद्धार गरिएका सबै नागरिकलाई पोलियो खोप दिइने

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ ।अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

 

‘अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था सरकारले मिलाएको हो’ डा। गौतमले भन्नुभयो ।नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको गौतमले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा प्रत्येक वर्ष पोलियोका बिरामी फेला पर्ने गरेका छन् । यो वर्ष दुईजनामा पोलियो फेला परेकोमा एकजना पाकिस्तानी र अर्को अफगानिस्तानी नागरिक हुन् ।

विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् ।गृहमन्त्रालयका अनुसार गत भदौ १ गतेयता ५ सयभन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन् ।

यसअघि अफगानिस्तानबाट फर्किएकाहरुलाई भने उनीहरुलाई पायक पर्ने स्वास्थ्य संस्थामा पोलियो खोप लगाउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिइसकेको महाशाखा प्रमुख गौतमले बताउनुभयो ।

पोलियो रोग पोलियो भाइरबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मृत्युसमेत हुन सक्छ । जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोप पूरा मात्रा नलिएका बालबालिका यस रोगका उच्च जोखिममा हुन्छन् ।

पोलियोले मुख्यतः पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ र यो निको हुँदैन ।समुदायमा बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप कार्यक्रम सञ्चालन भएता पनि खोप सेवा राम्ररी उपभोग नभएका ठाउँका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन् ।

पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोगविरुद्ध खोप दिनु नै हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu