Connect with us
Kapilvast Forest

नेपालले १९ वर्ष मुनिको विश्वकप खेल्न नपाउने

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं- नेपालको १९ वर्ष मुनिको विश्वकप खेल्ने सपना तुहिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अमेरिकी, एशियाली र पूर्बी एशियाली राष्ट्रको १९ वर्ष मुनिको विश्वकप छनोट प्रतियोगिता नगर्ने निर्णय गरेपछि नेपालले छनोट नै नखेली बाहिरिन पुगेको हो । छनोट प्रतियोगिता आगामी सेप्टेम्बरमा हुने निर्धारण भएको थियो ।

आईसीसीको उक्त निर्णयको प्रभाब नेपालसँगै मलेसिया, कुवेत, सिंगापुर र ओमानमाथि परेको छ । यूएई भने स्वतः छनोट भएको छ । आईसीसीको निर्णयको लाभ क्यानाडा, यूएई र पपुवान्यूगिनीले पाउने भएका छन् । क्यानाडा अमेरिकी महादेशबाट, यूएई एशियाबाट र पपुवान्यूगिनी पूर्बी एशिया क्षेत्रबाट विश्वकपमा छनोट हुन सफल भएको हो ।

आईसीसीले कोभिड १९ को कारणले छनोट प्रतियोगिता नहुने जनाउँदै पछिल्लो पाँच खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यी तीन राष्ट्रलाई स्वतः विश्वकप खेल्ने अबसर दिएको हो । आईसीसीका अनुसार अफ्रिका र यूरोपको छनोट खेल भने हुनेछ ।

यूरोपबाट आयरल्याण्ड, जर्सी, नेदरल्याण्ड्स र स्कटल्याण्डले छनोट खेल्नेछन् । अफ्रिकाबाट नामीबिया, नाइजेरिया, रुवान्डा, तन्जानिया र यूगाण्डाले छनोट खेल्नेछन् । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको १४ औं संस्करण सन् २०२२ मा वेष्टइन्डिजले आयोजना गर्दैछ ।

१९ वर्ष मुनिको विश्वकप क्रिकेटमा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेष्टइन्डिज र जिम्बाबवेले यसअघि नै स्थान सुनिश्चित गरिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu