बुद्धभुमिको बार्षिक निति ,योजना तथा कार्यक्रमको समिक्षा
न्युज सेन्टर नेपाल चन्द्रौटा-कपिलवस्तुको बुुद्धभुमि नगरपालिकाको आर्थिक बर्ष ०७७÷०७८ को नीति , योजना तथा कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।बुुद्धभुमि नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा गत आर्थिक वर्षको नीति योजना कार्यान्वयनको समिक्षा एवम् चालु आर्थिक वर्षको योजनाको बारेमा छलफल भएको हो
कार्यक्रममा बुुद्धभुमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले नगरवासीलाई अधिकतम सेवा दिने काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ । उहाँले नगरवासीका गुनासा नआउने गरी काम गर्न जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो –‘सकेसम्म छिटो र छरितो ढंगले नगरवासीको काम होस् भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।’उहाँले कोरोना संक्रमणका कारण सोचेजति काम गर्न नसकिए पनि नगरपालिकामा धेरै कामहरु भएको बताउनुभयो ।नगरप्रमुख श्रेष्ठले स्थानीय तहको बेरुजुलाई कम गर्न कर्मचारी नै बढि जिम्मेवार हुने भन्दै आगामी वर्ष बेरुजु कम गर्ने गरी लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उप प्रमुख मिरा थारुले उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमहरु यथाशीघ्र कार्यान्वयनका लागि पूर्वाधार विकास तथा भवन नियमन शाखाले तत्काल लागत अनुमान तयारी सम्पन्न गर्ने बताउनुभयो ।पालिका र अन्तर्गतकाहरेक कार्यको अनुगमन र प्रतिवेदन हुने व्यवस्था सहित गुणस्तरीय कार्यसम्पादनमा जोड दिने उहाँले बताउनुभयो ।
नगरले आयोजना गरेको दुई दिने समिक्षा कार्यक्रममा नगरका १०वटै वडा कार्यालय , नगर कार्यपालिका कार्यालय अन्तर्गतका सम्पुर्ण शाखा हरूबाट वार्षिक प्रगति प्रस्तुत गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बताउनुभयो ।
कार्यक्रमको समग्र अबस्था बारे बिश्लेषण गर्दै मा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरलाइ प्रगतिको बाटोमा पुराउन कागजपत्र कहाँ के पुगेको छैन, त्यो हेर्ने र पुरा गर्ने काममा अलि गम्भिर ढंगले लाग्न आग्रह गर्नु भयो ।’कामकाजमा गर्दै गर्दा साधन स्रोतको कमी भए पनि अधिकतम सेवा दिनुपर्नेमा जोड दिनुभयो ।सााधन स्रोतले परिपूर्ण कहीं पनि हुँदैन । भएको स्रोत साधनलाई प्रयोग गरी उच्चतम काम गर्नु नै ठूलो कुरा हो ।’
अन्तिम समयमा काम सम्पन्न गर्ने र भूक्तानी दिने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।यो कोभिडको महामारीको समयमा पनि आर्थिक वर्षमा नगरका सबै शाखाहरुले लाभदायक सेवा प्रदान गर्न सफल भएको उहाँले बताउनुभयो ।
यसैवीच, कार्यक्रममा चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम पनि सार्बजनिक गरिएको छ । नीति तथा कार्यक्रममा शिक्षा, कृिष,स्वास्थ्य र पोषण; युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी , कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्थाहरुमा व्यवस्थित र सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण ,अधुरो सडक निर्माण लगायको कार्यक्रम उल्लेख भएको उहाँले बताउनुभयो ।
