Connect with us
Kapilvast Forest

बाणगंगा नगरपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु -बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०७७र७८ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले नगरको सभा हलमा आज बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवले नगरको प्रगति समग्रमा उत्साहजनक रहेको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खनालले नगरबाट बजेट विनियोजन गर्दा पिछडिएका क्षेत्रलाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान दिदै आन्तरिक पर्यटनलाई व्यवस्थित बनाउन सुझाव दिनुभएको छ । कृषिमा लगानी वृद्धि गर्दै आयात निर्यातलाई समेत नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै संविधान सभा सदस्य बलाराम अधिकारीले नगरले गरेका कामलाई नागरिकमाझ पुर्याउन थप पहल आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका अधिकारीले नगरको विकास सन्तोषजनक रहेको बताउर्दै कोरोना संक्रमणले थप पाठ सिकाएर व्यक्ति आफै उत्पादनमुखि बन्नुपर्ने बताउनुभयो । मासु, अण्डा र दुध जस्ता खानेकुरामा बाणगंगा आत्मानिर्भर बनेको र थप अन्य खानेकुरामा समेत आत्मानिर्भर बन्न नगरले विशेष योजनाका साथ अगाडि बढ्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगा आर्थिक पार्दशितामा र शुशासन कार्यान्वयनमा अब्बल गरेको दाबी गर्नुभयो । यस्तै कार्यक्रमको समापन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले नगरले कोभिडको संक्रमण रोकथान तथा नियन्त्रणका लागी प्रभावकारी काम गरेको दाबी गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका थारुले जिल्लाका अन्य नगरपालिकाले भन्दा सबैभन्दा बाणगंगाले बढी खोप ल्याउन सफल भएको र अग्रभागमा रहेर काम गर्नेहरुलाई खोप दिईएको बताउनुभयो । नगरले आगामी दिनमा सबैको सल्लाह सुझावलाई आत्मासाथ गर्दै कृषि, पशुसंग जोडिएका कार्यक्रमलाई विशेष योजना बनाई अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत बासुदेव खनालले नगरले आर्थिक वर्ष २०७७र७८ मा हासिल गरेका विभिन्न तथ्याङकको विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत विवरण अनुसार आर्थिक बर्ष २०७७र७८ मा १ करोड ६५ लाखको प्रमाण कागजात पेश भईसकेकोले बाँकी फर्छयौट बेरुजु रकम रु। २६ लाख ६६ हजार ९ सय ८५ मात्र रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu