छोरोका दीर्घायुको कामना गर्दै तीन छठ्ठी पर्व मनाईयो
कपिलवस्तु-आफना छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुका हिन्दु मधेसी समुदायका महिलाहरुले शनिवार धुमधामसंग तीन छठ्ठी पर्व मनाएका छन् । घर नजिकै कुश रहेको ठाउमा उनीहरुले पुजापाठ गरी तीन छठ्ठी मनाएका हुन । पुजापठाकालागि उनीहरु तौहिलवा स्थित प्रहरी कार्यालय बाहिर पुगेका थिए । कोरोनाका कारण अधिकांस आफनै घरमा पुजा गरेका थिए । भदौ शुक्ल षष्ठीको दिन पेर्ने सो चाड उनीहबरुले ब्रत र पुजा पाठ गर्ने गर्दछन ।
उम्रेको कुशको पुजा गर्न भक्तजन महिलाको भीड लागेको थियो । पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनलेले दात माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत,पुजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन । छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दिर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका– १ राजपुरकी उर्मिला पासीले बताईन । उनले ३ छठ्ठी माताको ब्रत बस्ने परिवार कै फलीफात हुने बिश्वास ब्यक्त गरिन ।
उपवास सके पछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जंगली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन । ब्रतका बेला कुश सगै देवीहरुको मन्दिर पुजाआजा गर्ने प्रचलन छ । पुजाका लागी चिनी नहालेको दहि, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ । ब्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ ।
कुशको पुजा गरी त्यसमा ६ वटा गाठो बाध्ने गरीन्छ कुशको सामुहिक पुजा सकिए पछि महिलाहरुले समहु बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन् । केही बर्ष यता यता तीन छठ्ठी पर्व मान्ने महिलाहरुको संख्या बढदै गएको कपिलवस्तु नगरपालिका– ५ जमुहार टोल की अनिता त्रिपाठीले बताईन । बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफनो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो । त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जिबित भएको प्रसङ जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ ।