काठमाडौ शितागंगा सम्पर्क मंच वडा नम्बर १३ र १४ को नेतृत्वमा सुर्य बि सी
काठमाडौ -देशकै ठुलो नगर अर्घाखाँची जिल्ला शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ (साविक सिमलपानी गा वि स) घर भइ हाल काठमाडौ मा विविन्न पेशा तथा व्यवसायमा सक्रिय युवाहरुको भेला शितागंगा १३ का तारापती बि सीको अगुवाइमा सम्पन्न भएको छ ।
भेलाले शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ घर भइ हाल काठमाडौ मा विविन्न पेशा तथा व्यवसायमा सक्रिय रहनु भएका सबैलाई सो मंचमा आबद्ध गराई कार्य समिति विस्तारका लागि सो भेलाले सुर्य बि सी को सयोजकत्वमा ७ सदस्सिय सयोजन समिति गठन गरेको छ जसको सह-सयोजक मा मदन बि सी, उप-सयोजक मा तारापती बि सी र सदस्य हरुमा क्रमश मोहन बि सी, दिपक वि क, श्रीराम बि सी, र सदस्य सचिवमा तारापती बि सी लाइ सर्वसंवत चयन गरेको छ।
शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ घर भइ हाल काठमाडौमा बसोवास गरेका सबैजनालाइ एकताबद्ध गर्दै आपसी सहयोग, मेलमिलाप र भातृत्वको विकास गर्दै समग्र वडाको विकासमा युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सयोजक सुर्य बि सी जोड दिदै सबैलाई एक सुत्रमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो हाम्रो क्षेत्रका जनता सदियौ देखि काठमाडौमा बसोवास गरेको भएता पनि संगठित भएर अगाडी बढ्न नसक्नुले पनि हाम्रो क्षेत्र पछाडी परेको उप-सयोज मदन बि सी ले दुखेसो व्यक्त गर्नुभयो।
यसरी संगठित हुनुले एक अर्कालाई परेको दुख र समस्यामा सामुहिक सहयोग गर्न सकेमा कसैले पनि विचल्लित हुनुनपर्ने र मानविय एकतामा जोड पुग्ने विचार उप-सयोजक तारापती बि सी ले राख्नु भएको थियो सहभागि सबैले १३ र १४ वडाका जनतालाई मंच मा भित्राउन आ आफ्नो क्षेत्र बाट पहल गर्दै संगठनको उज्ज्वल भविष्य निरमाणार्थ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ १६ जना युवाहरुको भेलाको सहजीकरण गर्दै तारापती बि सीले भेलाको उद्देश्य तथा लक्ष्यका विषयमा सहजीकारण गर्दै सबैलाई समेट्ने गरि आपसी सहयोग, सेवा भावको विकासका साथै व्यक्तिगत विकासका साथै सामुहिक विकासमा लाग्नको लागि समन्वयात्मक भूमिकामा युवाहरु आफै खटिनुपर्ने कुरामा जोड दिनुभयो।