Connect with us
Kapilvast Forest

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाड्नुभएको छ । सोमबार फेसबुकमा उहाँले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गर्नु भएको छ ।
पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उहाँले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भन्नुभएको छ ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu