माधव नेपालको कार्यालय सिंहदरवारमा स्थापना
काठमाडौं-संसदीय सचिवालय सिंहदरवारमा हालै नयाँ गठित नेकपा एकिकृत समाजवादी दलको कार्यलय स्थापना गरिएको छ।सिंहदरवारस्थित संसद सचिवालयको भवन नम्बर १ को दोश्रो तल्लामा सो पार्टीको कार्यालय स्थापना गरिएको हो। उक्त पार्टीको बैठकले हालै उक्त पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई संसदीय दलको नेतामा पनि चयन गरेको थियो।
त्यसको लगत्तै संसद सचिवालयले सिंहदरवारमा अन्य दलहरुको जस्तै कार्यालयको व्यवस्थापन गरेको थियो।उक्त पार्टीका साँसद जीवनराम श्रेष्ठले नयाँ संसदीय दलको कार्यालयमा खिचेको फोटो यो समाचारसगैं पोष्ट गरेका छौं।