Connect with us
Kapilvast Forest

सितगगांमा १० मा काङ्ग्रेस वडा सभापतिमा तिन जना दावेदार

२०७८, १५ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु न्युज सेन्टर नेपाल –नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । काग्रेसको १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशनको मिति तोकेसगै केन्द्रदेखी देशैभरका वडाहरुमा समेत कोठे बैठक, कांग्रेसको क्रियाशील सदस्य भेटघाटको चहलपहल बढेको छ ।

वडा सभापतिका लागि आकाङ्क्क्षिहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइरहेको छ ।सोहि अनुसारको गर्मागर्मि र चहलप हेर्दा सितगां १० वडामा पनि ३ जना उमेद्धवारका आकांक्षीहरुको नाम चर्चामा छ । जसमा हाल सितगगां १० का वडा सदस्य एवम सितगगांं १०का कांग्रेशका युवा नेता रिसी राम भुसाल,ढक प्रसाद पंन्थी र सालिक राम पोख्रेलको नाम चर्चामा रहेको छ । नेपाली कांग्रेशमा सितगगां १० का गुवा नेता एवम वडा सदस्य समेत रहनु भएका रिसीराम पछिल्लो समय पार्टि राम्रो छाप पार्न सफल सकृय नेताको रुपमा रहेका भुसाल वडा सभापतिमा आकाक्षां ब्यक्त गर्नु भएको छ ।

पार्टी नेतृत्वमा युवा पुस्ताको दाबीलाई सकरात्मक रुपमा लिएको नेपाली काँग्रेस सितगगां १० सभापतिमा रि राम भुसाल बलियो उम्मेद्वारको रुपमा रहनु भएको छ ।लामे समय देखि राजनिति र समाज सेवामा समय ब्यतित गर्नु भएका ढक प्रसाद पन्थीले अगुवाइ गरी अभिभावकीय भूमिका निर्वाह गर्नसक्ने नेतृत्वको अपेक्षा गरेको बताउनु भयो ।उहाँले समाजको भावना बुझेर अघि बढ्न सक्ने र आफनो पार्टि प्रतिको योगदान लाई पार्टिले अवश्य मुल्यांकन गर्ने आशा ब्यक्त गर्नु भयो ।

विगतका समय देखि पार्टीप्र्रति योगदान गर्दै विश्वासका पात्र बन्नु भएका शालिक राम पोख्रेल पनि वडा सभापतिमा उम्मेदवारीको आकांक्षी हुनु भएको छ ।पार्टि प्रतिकोे लगाव र योगदानलाइ कदर गर्ने हो भने उहा पनि वडा सभापतिको वलियो उम्मेदवारीको रुपमा देखिनु हुन्छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu