Connect with us
Kapilvast Forest

बैतडीमा कांग्रेस वडा अधिवेशन निर्धारित मितिमा नहुने

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

बैतडी – नेपाली कांग्रेसले देशभर भदौ १८ गते वडा तहको अधिवेशन गर्ने कार्यक्रम तय गरे पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिलो हुने भएको छ। अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ मात्र सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिनुभयो ।

‘वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्, केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्योल छ,’ उहाँले भन्न्ुभयो , ‘हामीले २१ गते जिल्लाका ८४ वटै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेका छौं।’

निर्वाचन अधिकृत पुष्पराज जोशी बैतडी पुगिसकेका भए पनि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त गर्न बाँकी रहेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदान अधिकृत नियुक्त गरेर उहाँहरुलाई प्रशिक्षण पनि दिन्छौं, अनि उहाँहरुलाई खटाइन्छ।’

जिल्ला कार्य सम्पादन समितिको बैठकले नै आवश्यक तयारी नपुगेकाले तीन दिनपछि सार्दै २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले बताउनुभयो ।

अधिवेशनका लागि बैतडीका ८४ वटै वडामा मतदान अधिकृत तोक्न बाँकी नै रहेको र नेपाल शिक्षक संघ बैतडीले प्रत्येक वडाका लागि निर्वाचन अधिकृतको नामावली उपलब्ध गराउनेछ। संघले वडा निर्वाचन अधिकृतको नामावली उपलब्ध गराएपछि उहाँहरुलाई भदौ १७ गते प्रशिक्षण दिइने बताइएको छ। यसका साथै उनीहरुलाई मतदान सामग्रीहरु समेत उपलब्ध गराइने छ।

यस्तै‚ क्रियाशील सदस्यतामा कुनै त्रृटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिने निर्णय पनि जिल्ला कार्य सम्पादन समितिको बैठकले गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu