Connect with us
Kapilvast Forest

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवस मनाइयो मनाइयो

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु –मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औं राष्ट्रिय दिवसको अवसरमा “शान्ति पुनरस्थापना कपिलवस्तुले चन्द्रौटा चोकमा दिप प्रज्वलन गरेको छ ।दिप प्रज्ज्वलन कार्यक्रमलाइ सम्बोधन गर्दै लुम्विनी प्रदेश सांसद अर्जुन कुमार केसीले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको बताउँदै यस्ता सामाजिक कलंकको रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर आगाडि बढ्नुपर्ने बताउँनुभयो ।

सोहि अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न मानव वेचविखन तथा ओसारपसार नियन्त्रणले ठोस योगदान दिन सक्ने भएकोले यसको नियन्त्रणको लागि सवै क्रियाशिलता, सामूहिक प्रयास र पहल आवश्यक रहेको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो उहाँले बताउनुभयो ।

सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्दै सहयोग गरे यस्ता अपराध जन्य कार्य नियन्त्रण हुने शान्ति पुनर्स्थापना कपिलवस्तुका क्षेत्रीय संयोजक भूमिराज भट्टराइले बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका उप– मेयर शिव कुमारी चौधरी ,शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत जि सी ,ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखे्रल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा ,  नेपाली कांग्रेश शिवराज नगर सभापति मधु पोख्रेल, नेपाली कांग्रेशका युवा नेता अजय थापा ,दलित मानव अधिकार निगरानी समितिकि अध्यक्ष मिना परियार दियालो नेपालकि अध्यक्ष तारा थापा लगायतको सहभागित रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu