Connect with us
Kapilvast Forest

मानव बेचविखन विरुद्ध सचेत बन्दै किशोरी

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

 माधव बेल्बासे,कपिलवस्तु- शान्ति पुनस्थापना गृह कपिलवस्तुको आयोजनामा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध किशोरीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको अवसरमा शिवराज नगरपालिका वडा १ का ४० जना महिला तथा किशोरीहरुलाई प्रशिक्षण दिइएको छ ।

वडा न १ को सहयोगमा आयोजित उक्त कार्यक्रममा वोल्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले महिला किशोरीहरु सचेत नहुदाँ सम्म यस्ता घटनाहरु भइरहने बताउनुभयो । रोजगार,पैसा,विवाह लगाएतका प्रलोभनमा परि वाहिरी मुलकहरुमा लैजाने र त्यहा बन्धक शोषण गर्ने गरेको बताउनुभयो । नगरका किशोरीलाई पटक पटक उद्धार गरिएकोले अब यस्ता घटनाहरु दोहोराउन नहुने बताउनुुभयो ।

नगरले प्रत्येक वर्ष किशोरीहरुलाई विभिन्न सिपमुलक तालिम सगै व्यावसायिक बनाउन अभिप्रेरित गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले मानव बेचविखन न्यूनिकरण गर्न शान्ति पुनस्थापना गृहको योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । मानव बेचविखन जस्तो अपराधमा संम्लग्नलाई कारवार्ही गर्न सरकार चुक्न नहुने उहाँले बताउनुभयो ।

कृष्णनगर नाका हुदै दलालहरुले मुख्यत किशोरीहरुलाई विभिन्न प्रलोभनमा विदेश पुराई शोसण गर्ने गरेको बताउनुभयो । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले किशोरी तथा महिला सचेत भएमा मानव बेचविखन स्वतः घटने बताउनुभयो । समाजिक संजालको दुरुपयोगका कारण पनि नेपाली महिलाहरु बेचिन पुगेको बताउनुभयो ।

पछिल्लो समय मानव बेचविखन सगै किशोरहरुमा लागुऔषधको प्रयोग बढेको बताउनुभयो । अभिभावकहरुले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । वडा अध्यक्ष जगत जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमिराज भट्टराईले पछिल्लो मानव बेचविखनको अवस्था, बेचविखनको कारण लगाएतको विषयमा प्रशिक्षण दिनुभएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरि निरिक्षक संकर आचार्यले कानूनि व्यवस्थाको वारेमा प्रशिक्षण दिनुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu