Connect with us
Kapilvast Forest

नेपाल भारतसँग २-१ ले पराजित

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौं- भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २-१ गोल अन्तरले पराजित बनेको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण हार स्वीकार्न वाध्य भयो । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे ।

 

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । तुलनात्मक रूपमा पहिलो खेलको तुलनामा राम्रो प्रदर्शन र गोलका अवसर पनि धेरै सिर्जना गरेको नेपाल फिनिसिङमा चुकेको थियो ।

पहिलो हाफमा भारतलाई बल पोसेसन होल्ड गर्न नदिएको र इन्टरसेप्सनलाई मुख्य हतियार बनाएको नेपालले गोलका लागि थुप्रै अवसर सिर्जना गरेको थियो ।

तर, नेपाली टोली फिनिसिङमा फितलो रहँदा हार टार्न सकेन । भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए ।यस्तै, २-० ले पछि परेको नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu