Connect with us
Kapilvast Forest

एमाले छाड्नेहरु लोभीपापी हुन् : ओली

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छोड्नेहरु लोभीपापी भएको बताउनु भएको छ । सोमबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील एमाले छोडेर अन्त जानेहरु लोभीपापी र विकाउ भएको बताउनु भएको हो ।

 

‘विकाउ मान्छे देखेर म त हैरान भएँ । मन्त्री दिन्छौ कि उता जाउँ भन्छन्, स्याल पालेर के काम लाग्छ रु स्याल पाल्यो खाली दानापानीको नास’, ओलीको टिप्पणी छ । उहाँले भन्नु भयो ‘पार्टी छोडेकाहरु लोभीपापी हुन् ।’

ओलीले अवको एमाले कसैले फोड्दा नफोडिने र भत्काउदा नभत्किने बनाउने बताउनु भयो । ‘अबको एमाले तोड्दा नतोडिने, फोड्दा नफोडिने भत्काउदा नभत्किने, देश बनाउने संकल्प बोकेको पार्टी हुन्छ’, ओलीको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu