Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा संघ विजयनगरको नेतृत्व मोहरलाई ,४१ सदस्य गाँउ कमिटी गठन

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-एमाले निकट राष्ट्रिय युवा संघ विजयनगर गांउ कमिटीको अध्यक्षमा दिपेन्द्र मोहरा सर्वसम्मत रुपमा चयन भएका छन् ।सोमवार विजयनगर सभाहलमा आयोजित भेलाले मोहराको अध्यक्षतमा ४१ सदस्य विजयनगर गाँउ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा राकेश कुमार चौधरी,सचिवमा बविता बि.क कोषाध्यक्षमा सरोज थापा.सहसचिवमा अर्जुन कुमार गुप्ता गरि चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुर अधिकारीले सशक्त जुझारु युवा संगठनको आवश्यक रहेको बताउदै पार्टी मजबुद बनाउन संगठनको अहम भूमिका रहने बताए । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताए ।

बिभिन्न किसिमको षयन्त्रहरु गरेर जनतालाई दुख दिने तनाब गर्छ त्यसको बुलन्दमा मुखतोड जवाफ दिने प्रतिकार गर्नका प्रतिरोधमा उत्रिनका निमित्त युवा संघले युथ फोर्स गठन गरेर निस्तेज पारेको छ । अहिले बदलिदो परिवेशमा आई.टि आर्मी गठन गरेर नेपालीहरु माथी हुने भ्रमको खेतिलाई निस्तेज पार्ने काममा राष्ट्रिय युवा संघ नेपाल लागिपरेको छ,’ अधिकारीले भने ।
नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको पृय बनेको बताए । कार्यकर्ता तथा आम नागरिकले गर्व गर्ने पार्टी भनेकै एमाले भएकाले कोहीँ छुट्टिदैमा कमजोर हुन आवश्यक नभएको बताउदै विजयनगर गाँपालिकाको अध्यक्षले विकास निर्माणको कार्यमा प्रदेशमा छुट्टै पहिचान बनाएको प्रसंशा गदै विगतमा सहयोग गरेजस्तै अगामि दिनमा थप युवाहरुको सहयोग रहेको पोख्रेलले बताउनु भयो ।

नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टीलाई मजबुद बनाउ संगठनका हरेक गतिविधिहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तवय राख्दै नेकपा एमाले जिल्ला सदस्य गोपाल थापाले विजयनगरमा हरेक क्षेत्रमा विकास गर्न युवाहरुको खााचो रहेको बताउनु भयो । राष्ट्रिय युवा संघ केन्द्रीय स्थायी कमिटी सदस्य गोपालमणि ज्ञवाली शुभकामना मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाँउ कमिटीका अध्यक्ष लोकेश थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu