महाराजगंजमा निजामती दिवसको अवसरमा बृक्षारोपण
बृजेश यादव ,कपिलवस्तु-कपिलवस्तुको महाराजगंज नगरपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको । निजामती दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।
निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनाराका साथ महाराजगन्ज नगरपालिका कार्यलय परिसर भित्र बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो ।
महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम, उप प्रमुख शुभावती कुर्मी प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेल उप सचिव शिक्षा शाखा प्रमुख रेश्मीराज आर्याल ,प्रशासन शाखा प्रमुख निरन्जन कुमार पौडेल लगायत सबै शाखाको शाखा प्रमुख तथा नगरपालिकाको सम्पुर्ण कर्मचारीहरुको सहभागितामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।




