Connect with us
Kapilvast Forest

बुद्धभुमीमा रक्तदान ,६० पोइण्ट रगत संकलन

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-निजामती सेवा दिवस एव अन्तराष्ट्रिय शिक्षा तथा साक्षरता दिवसको पूर्व सन्ध्यमा बुद्धभुमी नगरपालिका परिसरमा रक्तदान कार्यक्रममा समपन्न भएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरु , जनप्रतिनिधिहरु, शिक्षकहरु , सशस्त्र प्रहरीहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा नगरवासीको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको सहकार्य, कर्मचारी मिलन केन्द्र बुद्धभूमिको संयोजन तथा नगरपालिकाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ६० पोइण्ट रगत संकलन भएको नगर प्रमुख केशव श्रेष्ठले जानकारी दिनु भयो । रक्तदान गर्नाले शरीरमा नया रगत निर्माण हुने र शरीर स्वास्थ हुने गर्द छ । यो पुण्यको कर्म हो हामी सबैले आकस्मिक हुने दुर्घटना देखि विभिन्न समयमा बिरामिलाइ अत्यावश्यक रगतको अभाव पूरा गर्न रक्तदान गरनु पर्छ नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

मिलन केन्द्रका संयोजक श्री राम प्रसाद भट्टराईको अध्यक्षता , नगर प्रमुख श्री केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्य , नगर उप प्रमुख श्री मिरा थारु तथा प्रमुख प्रशासकीय अधिकृत श्री अनिल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रमको औपचारिक सत्र मिलन केन्द्रका सचिव श्री विजय भुसालले संचालन गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu