Connect with us
Kapilvast Forest

एमसीसीले सत्ता गठबन्धन भत्किने सम्भावना

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौँ – एमसीसी परियोजनाबारे नेपालको राजनीति तातेको छ । आज एकै दिन सत्तारुढ गठबन्धनका दुई शीर्ष नेताले यसबारे फरक फरक धारणा व्यक्त गरेपछि एमसीसी बहसले राजनीति गर्माएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे बुझेर मात्रै बोल्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभयो भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने घोषणा गर्नुभयो ।

एमसीसीबारे दुई शीर्ष नेता परस्पर विरोधी कित्तामा उभिएपछि सत्तारुढ गठबन्धन भत्किने सम्भावना देखिएको छ । आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी बुझेका सांसदहरुले मात्रै यसबारे बोल्न निर्देशन दिनुभएको हो ।

भोलि संघीय संसदको अधिवेशन सुरु हुने सन्दर्भमा बसेको संसदीय दलको बैठकमा देउवाले एमसीसीबारे अनाआवश्यक भ्रम सिर्जना भएकाले बुझेर मात्रै धारणा राख्न निर्देशन दिनुभएको कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

एमसीसीबारे चाहिने भन्दा नचाहिने कुरा बाहिर आएकोले बुझेकाले मात्र यसको बारेमा बोल्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।बैठकमा देउवाले एमसीसी एकैपटक आएको नभई यसमा सबै दल र सरकारले विभिन्न प्रक्रिया अघि बढाएकाले पारित गर्नुपर्ने धारणा राखेको सचेतक भुसालले जानकारी दिनुभयो ।

आजै आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले सकारात्मक जवाफ नदिए एमसीसी पास नहुने घोषणा गर्नुभयो ।वाइसीएल केन्द्रीय समितिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विवादित बुँदाहरु परिमार्जन नभए एमसीसी पास नहुने घोषणा गर्नुभएको हो ।

दुई शीर्ष नेताहरुको फरक फरक दृष्टिकोण बाहिर आएपछि एमसीसीकै कारण सत्तारुढ गठबन्धन भत्कने सम्भावना देखिएको छ ।तर माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले यो एमसीसीले बनाएको गठबन्धन नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले कुनै पनि दलभित्र एमसीसीबारे एकमत नरहेको बताउनुभयो ।

प्रचण्डको अभिव्यक्तिप्रति बल पु¥याउँदै उहाँले अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने बताउनुभयो ।सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको छ । एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर परिमार्र्जनका लागि पत्र पठाइएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu