डा.भट्टराई र अमेरिकी राजदूत र्याण्डीबीच भेटवार्ता
काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ ।एमसीसीलाई समर्थन गरेका डा. भट्टराई र राजदूत बेरीबीच आज बिहान भेटवार्ता भएको हो । एमसीसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसीसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत नै भट्टराई र बेरीबीच भेटवार्ता भएको हो ।
परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ ।