Connect with us
Kapilvast Forest

‘नेतृत्व युवाले लिनुपर्छ’

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मुलुकको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ ।

उपसभापति निधिले बिहीबार ग्लोबल युथ एलाइन्सद्वारा आयोजित कार्यक्रममा राजनीतिक परिवर्तनमा युवाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । ‘लोकतन्त्रको लागि गरिएको आन्दोलन, गणतन्त्रदेखि संविधान निर्माणसम्म युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’ उहाँले भन्नुभयो, ‘अब सबै पार्टीमा युवा पंति अगाडि बढ्नुपर्छ । मुलुकको नेतृत्व युवाले लिनुपर्छ ।’

कार्यक्रममा कांग्रेसका महामन्त्री डा. प्रकाशशरण महतले राजनीतिक नेतृत्वले जनचाहना अनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा बढ्दै गएकाे बताउनुभयो । ‘ठूला राजननीतिक दलले युवा उचित स्थान दिन सकिरहेका छैन’ उहाँले भन्नुभयो, ‘पार्टीभित्र उपयुक्त जिम्मेवारी नपाउँदा युवा लोकतन्त्रविरोधीको पछि लाग्न बाध्य भएका छन् । ’कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले राजनीतिमा अयोग्य युवा बढी आउन थालेको उल्लेख गर्नुभयो । ‘राजनीतिमा आएका युवा उमेरले मात्र युवा छन् तर उनीहरु र योग्य छैनन्’ उहाँले भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu