Connect with us
Kapilvast Forest

शिलबन्दी बोलपत्र च्यात्ने २ पक्राउ

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

स्याङ्जा । शिलबन्दी बोलपत्र च्याति फरार भएका दुईलाई प्रहरीले पक्राउ गरेको छ ।

शिलबन्दी बोलपत्र च्यातेर फरार भएका चापाकोट नगरपालिका–४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भन्ने निर्मल रानालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई बुधबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थपको अनुमती लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । थापा र रानाले मंगलबार चापाकोट नगरपालिकाको कार्यालयमा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि टेण्डर आव्हान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेर फरार रहेका थिए ।

उनीहरु दुवैलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिनुभएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu