Connect with us
Kapilvast Forest

तीज पर्वलाई महँगो र भड्किलो नबनाऔँ

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

teej

दाङ, १२ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् ।

अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् ।

स्थानीय व्यापारीले पनि तीजलाई लक्ष्य गरेर छिमेकी बजार तथा भारतबाट नै यस्ता सामग्री खरीद गरेको बताउँछन् । तुलसीपुर बजारमा किराना पसल गर्दै आएका ४६ वर्षीय अमन उल्लाह अन्सारीले आफू बिहानैदेखि सामान बेच्न व्यस्त रहेको बताए ।

तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाले दर खाने र तीज गीत प्रतियोगिता कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । तर विगतका वर्षभन्दा यस वर्ष भने जिल्लामा तीज आउन कैयौँ समय बाँकी हुँदैदेखि गरिने दर खाने कार्यक्रममा भने केही कमी आएको देखिन्छ ।

परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलन फरक शैलीमा रहेको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिनसक्ने भन्दै चासो व्यक्त हुने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ४५ वर्षीया राधा योगीले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताईन । उनले भनिन यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।तीज आउन एक महीनाअघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी, सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको उनको भनाइ थियो ।

तुलसीपुरमा साढे दुई दशकदेखि डोल्मा सिलाइकटाइ तालीम केन्द्र खोलेर एक दर्जन बढी महिलालाई रोजगारी दिएकी योगीले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्ने बताईन ।तीज पर्वलाई सहज तथा सरलरुपमा मनाउनुपर्ने बताउनुहुन्छ तुलसीपुर उद्योग वाणिज्य सङ्घकी सदस्य सपना बस्नेतले भनिन, “तीज आउनुभन्दा कम्तीमा तीनदिनदेखि यस्ता सरल खाले कार्यक्रम आयोजना भए राम्रो हुने थियो । ”

तीजको नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिइ व्रत बस्ने गरेकोे देखेकी छु यो गलत हो उनले भनिन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ११ अश्वराकी २५ वर्षीया उर्मिला अधिकारी ढकालले तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दरखाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्ने गरेको बताईन ।शिक्षण पेशामा रहेकी ढकालले– परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको बताईन । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की ४२ वर्षीया राधा पाण्डेले तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताईन । उनले भनिन, “बरु तीज पर्वमा चेतनामूलक, शैक्षिक, सरसफाइ, जागरणका गीत गाउने, बृहत् सरसफाइजस्ता कार्यक्रम गर्ने र नारी अधिकारका सिर्जनात्मक कार्यक्रम गर्न पाएमा राम्रो हुने थियो । ”

उनि तीज पर्वका सकारात्मक पक्षलाई भने अनुशरण गर्नुपर्ने विचार राख्छिन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य तीज पर्वको आफ्नै विशेषता र महत्व बोकेको पर्व रहेको बताईन । उनले तीज पर्वका नाममा तडकभडक, खर्चिलो, देखासिकी, गरगहना प्रदर्शन गरेर मनाउनु गलत रहेकाले त्यसो गर्न नहुने बताईन ।उनले तीज पर्वका नाममा धेरै विकृति देखिन्छ यो रोक्नुपर्छ भनिन । तीजलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्ने उनले बताईन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu