Connect with us
Kapilvast Forest

नेपाल बैंक चन्द्रौटाद्धारा विद्यालयलाई पंखा सहयोग

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

 

माधव बेल्बासे.चन्द्रौटा,कपिलवस्तु- नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाले एक विद्यालयलाई २० थान पंखा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिका ४ मा रहेको समयथान मावि खरेन्द्रपुरलाई उक्त सामाग्री वितरण गरेको शाखा प्रमुख नवराज आचार्यले बताउनुभयो ।

पंखा हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बैंकहरु रकम लेनदेनको मात्र कारोबार गर्ने गरेपनि अब सामाजिक काममा केहि रकम खर्च गर्नुपर्ने बताउनुभयो । नेपाल बैंक ले एक विद्यालय लाई पंखा सहयोग गरि विद्यार्थीहरुको अध्यापनमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो । अधिकारीले नेपाल बैंकले जस्तै अन्य बैंकले पनि विविध सामाजिक कार्यमा लागनी गर्न आग्रह गर्नुभयो ।

नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुुसालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रमा काम गरेको बताउनुभयो ।

पंखाको अभावले विद्यार्थीहरुलाई गर्मी मौसममा पढन समस्या भएकोले यस विद्यालयलाई छनोट गरि सहयोग गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद गैरेले विद्यालयलाई विद्युतिय सामाग्री सहयोग गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिनुभयो । नया बनेका संरचना तथा पुराना विद्युतिय सामाग्रीहरु विग्रीएकाले अब यि पंखा जडान पश्चात शिक्षण कृयाकलापमा सहज हुने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवास्थापन समितिका पदाधिकारी,शिक्षकहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu