Connect with us
Kapilvast Forest

बलात्कार आरोपित बालकलाई ६ वर्ष जेल

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

उदयपुर । बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेका एक बालकलाई जिल्ला अदालतले बिहीबार ६ बर्ष ८ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकालाई १७ बर्षिय बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको हो ।

फैसलासँगै कसुरदार नाबालक रहुन्जेल बाल सुधारगृहमा नै बस्नेछन् र सावालक ठहरिएपछि कारागार चलान हुने श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । १० बर्ष कैद फैसला सुनाइएका कसुरदार नाबालक ठहरिएकाले सावालकलाई हुने सजायको दुई तिहाई सजाय कम गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार ६ बर्ष ८ महिना सजाय निर्धारण गरिएको उनको भनाई छ ।

२०७५ कात्तिक २२ गते पीडितलाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरीलगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले ०७५ मंसिर २० गते पुर्पक्षका लागि बाल सुधारगृहमा राख्ने आदेश दिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu