Connect with us
Kapilvast Forest

आँधीका कारण जापानमा ४९ उडान रद्ध

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

एजेन्सी- आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् ।आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu