कोदालोले हानेर गाई मार्ने पक्राउ
चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थान बस्ने एक व्यक्तिलाई प्रहरीले गाई मारेको आरोपमा पक्राउ गरेको छ ।
बिहीबार राति दाउराको चिर्पट र कोदालोले हानेर गाई मारेको आरोपमा बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोकका २५ वर्षीय चिरन पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये एउटा गाईलाई बिहीबार राति चिर्पट र कोदालोले
हानेर मारेको प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले पुरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।