समाजवादी पाटी अध्यक्षमा चौधरी चयन
- सनिउल्ला धोबी, कपिलवस्तु भद्रा १३,
समाजवादी पाटी नेपालको शिवराज नगर कमिटि गठन गरिएको छ । संघिय समाजवादी पार्टि फोरम नेपाल र नयाँ शक्ति पार्टि नेपाल विचको संमायोजन तथा नगर कमिटि घोषणा गरिएको हो ।
शिवराज नगरपालिकाको सभाहलमा भएको उक्त भेलाले कृष्ण कुमार चौधरीको अध्यक्षमा २७ सदस्य समिति गठन भएको हो । जसको उपाध्यक्षमा प्रमिला चौधरी, सचिव परास प्रसाद केवट, सहसचिव मेहनाज खाँ , कोषाध्यक्ष किसलावती यादवलाई चयन गरिएको छ । चौधरी यस भन्दा पहिले संघीय समाजवादी फोरम नेपालको नगर अध्यक्ष रहनु भएको थियो ।
समाजवादी पाटीको नगर अध्यक्षको जिम्मेवारी सम्ह्लेका कृष्ण कुमार चौधरीले पाटीको निति नियमलाई आत्मा गर्दै संघीयता समाजवादको साथ दिदै अघी बढन कार्यकर्तालाई आहवान गर्नु भयो । कार्यक्रमको प्रमुख अतिथि पाटीको प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य दान बहादुर चौधरीले संघियता शुसासन समृद्धी र समाजवाद भन्ने नारा आत्मा साथ गरी अघी बढन कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाले जनताको हित र अधिकारको लागी लडने एक मात्र पाटी समाजवादी मात्र रहेको जनाए ।
प्रदेश सभा सदस्य तथा पाटीको केन्द्रिय सदस्य सहजराम यादवले पछिल्लो समयमा कपिलवस्तुका सम्पुर्ण स्थानिय तहहरुमा कमिटि गठन गरी वडा वडा तह सम्म पनि पाटीलाई एक ढिक्का गराउने जिकिर गर्नु भयो ।
प्रदेश ५ का अध्यक्ष अशोक यादवले अन्य पाटीको तुलनामा वास्तविक समाजवाद अगाल्न सक्ने समाजवादी पाटी मात्र रहेको जिकिर गरे । पछिल्लो समयमा नेपाली काग्रेस र कम्युनिष्ट पाटीले समाजवादलाई समय अनुसार रुपान्तरण नगरेको आरोप लगाए ।
कार्यक्रममा केन्द्रिय सदस्य नारायण खनाल, प्रदेश सचिव अब्दुल रसिद खा, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, उपाध्यक्ष अजित सिंह केन्द्रिय पार्षद अकराम पठान लगायतले सम्वोधन गरेका थिए ।
