Connect with us
Kapilvast Forest

काठमाण्डाै साक्षर जिल्ला घाेषणा

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

kathmandu

काठमाडौं– काठमाण्डाै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । आज सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाण्डाैलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

काठमाण्डाैमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाण्डाैकाे साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत रहेको भन्दै काठमाण्डाैलाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले काठमाण्डाैलाई साक्षर बनाउँदा धेरै खुसी मिलेको भन्दै अझै पूर्ण साक्षर बनाउन लागिपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्री सुवेदीले भन्नुभयो, ‘साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाण्डाै, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाण्डाैका संयोजकज्यूको प्रस्ताव र प्रचलित कानुनअनुसार काठमाण्डाैकाे साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत रहेकाले काठमाण्डाैलाई आज मिति २०७८//०६/०४ गते सोमवारका दिन साक्षर जिल्ला घोषणा गर्दछु, साक्षर बनाउँदा आज हामी जुन किसिमको खुसी व्यक्त गरिरहेका छौँ, यसपछाडिका हाम्रा धेरै खुड्किलाहरू पनि छन्, हामीले अरू धेरै कुराहरुलाई लिएर अघि बढ्नुपर्नेछ, त्यसैले अब त्योभन्दा बाँकीलाई साक्षर बनाउनुपर्नेछ, अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला छ, त्यसैगरी काठमाण्डाैलाई पनि पूर्ण साक्षर बनाइनेछ ।’

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताउनुभयो । स्राेत र साधन पर्याप्त भए पनि यसलाई व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो । निर्देशक लुइँटेलले शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको भन्दै नेपालमा शिक्षाको अहिलेको अवस्था बसको इन्जिन नबनाइ झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्नेजस्तो तरिकाले अघि बढिरहेको तर्क गर्नुभयो ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गर्नुभयो । उहाँले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गर्नुभयो ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवम्, जिल्ला र देशलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । त्यहीअनुसार आज काठमाण्डाै​लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu