Connect with us
Kapilvast Forest

मन्त्रीको टुंगो लगाउन माओवादीको स्थायी कमिटी बस्दै

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाउनु भएको हो ।

गठबन्धनका दलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन बैठक बोलाइएको एक नेताले जानकारी दिनु भयो ।

सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी माओवादीको छ। सरकार गठन भएको लामो समय भइसक्दासमेत मन्त्रिपरिषद विस्तार हुन नसकेको देउवा सरकारको चर्को आलोचना हुन थालेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj